बर्तमान परिस्थितीमा राजसंस्था सहितको प्रजातन्त्र अहिले खाँचो रहेको राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले भन्नु भयो, हिन्दु राष्ट्र तथा राजसंस्थाको नारा बोक्ने राप्रपा नेपाल पार्टीको एजेण्डा रहेको वहाँले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले बीरगंजको आर्दशनगर स्थित रहेको टिवडेवाल धर्मशालामा तराई मधेश राष्ट्रिय सम्मेलनको आयोजना सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी भएका अध्यक्ष थापाले गणतन्त्रमा नेताहरुबाट नै ब्यापक भ्रष्टचार हुने गरेको आरोप लगाउँदै भुटानी शरणार्थी प्रकरणमा मुछिएका सांसदहरु संसद भवनमा बोल्दा आफुलाई अच्चम लागेको बताउनु भयो । देशमा युवाहरुले रोजगार नपाएर रोजगारको लागी बिदेश जान दिनप्रतिदिन बढ्ने क्रममा रहेको भएपनि नेपाल सरकार मौन भएर बसेको अध्यक्ष थापाले भने, देशका नेताहरु लुटतन्त्र भ्रष्टचारीमा लिप्त हुदां देशमा आर्थिक संकट आएको जानकारी दिनुभयो । मधेश प्रदेश देशको मेरुदण्ड रहेको बताउंदै देशको कुल जनसंख्या मध्ये तराई मधेशमा ४९ प्रतिशत रहेपनि भौगोलिक , सुगम्ता , यातायातको सुबिधा भएपनि आर्थिक , सामाजिक राजनीतिक दुष्टिकोणबाट तराई मधेश पिछडिएको बताउनु भयो । तराई मधेशका जनताहरु बिभिन्न किसिमका शोषण अहिले पनि राज्यबाट खेप्नुपरेको भन्नु भयो, संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दे यसको बिकल्प हिन्दु राष्ट्र राजसंस्था पुर्णस्थापना हुनुपर्ने बताउनु भएको छ । सनातन धर्म संस्कुति र गौरबशाली सभ्यताको रक्षा तथा सबल र समुद्ध नेपाल निर्माण गर्नका हामी सबै एक हुनुपर्ने अध्यक्ष थापाको भनाई रहेको छ । सम्मेलनमा बारा, पर्सा रौतहट , सर्लाही लगायत २१ जिल्लाका २०० जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो भने अगामी पुष महिनाबाट सुनसरी जिल्लाको पवित्र तिर्थस्थल चकरा धामबाट तराई मधेशका बिभिन्न जिल्ला हुँदै हुलाकीमार्ग हुँदै नवलपरासी जिल्लाको पवित्र तिर्थस्थल त्रिबेनीधाम सम्म जनजागरण अभियान सुरु गरिने बताउनु भएको छ। पत्रकार सम्मेलना केन्द्रिय अध्यक्ष कमल थापा, उपाध्यक्ष राजिव पराजुली लगायत तराई मधेशका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।