बिलबिजक भन्दा बढीको सामान लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी पर्सा प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ । भन्सार छली गरी अबैध तरिकाले ना ५ ख ६७४७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा औषधीहरु लोड गरी बीरगंजबाट रुपेन्देही तर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरबाट उतm ट्रकलाई नियन्त्रणमा लिइएको हो । बिलबिजक भन्दा बढीको सामान लोड गरेको बरामद भएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । प्रहरीले मालवाहक ट्रक सहित बरामद गरिएको खुदा्र तथा औषधीहरुको मुल्याड्कन सतासी लाख,बाउन हजार , आठ सय छयासी गरेर राजस्वमा पठाइएको हो ।