बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको होटल सरोबर स्काईलाईन मलमा पत्रकार सम्मेलनको आयोजना गर्दे बीरगंजका नगर प्रमुख राजेश मान सिंहले कार्तिक २८ बुधवार सम्पन्न हुन लागेको एक साथ दश हजार भन्दाबढी किशोरीलाई आत्मरक्षाका लागी तालिम सम्पन्न भएमा बीरगंजको नाम अन्तराष्ट्रिय रुपमा चर्चित हुने भएकोले हुदाँ उतm कार्यक्रम सफल पार्नका लागी नगरवासीहरु सँग आग्रह गर्नुभएको छ । १० हजार छात्राहरुलाई एक साथ आत्मरक्षाको लागी तालिम भारतका प्रख्यात मार्स आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्ीले प्रशिक्षण दिनेभएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख राजेश मान सिंहले दश हजार किशोरीलाई एकसाथ आत्मारक्षा तालिम दिँदै बीरगंज महानगरपालिकाले गिनिज बुकमा नाम दर्ज गर्नै तयारी रहेका बताउनु भयो । नगरभित्र रहेको कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको मेयर सिंहले भन्नु भयो, भारतका प्रख्यात मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेटीले बीरगंजका छात्राहरुलाई प्रशिक्षण दिन लागेकोमा नगर भित्र रहेका छात्राहरुले लाभ लिनु पर्ने महानगरपालिका उप मेयर ईम्तियाज आलमले बताउनु भएको छ । बीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न हुन लागेको आत्मारक्षा तालिम सम्पुर्ण तयारी भईसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
प्रशिक्षक शेट्टीले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु ९किशोरी० आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गर्नुभयो ।