जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीलाई प्रहरी प्रधान कार्यालयले तानेको समाचार प्राप्त भएको छ । प्रहरी नायब उपरिक्षक भारतीले प्रहरी संगठन मर्मबिपरीत कार्य गरेको आरोपमा हेडक्वार्टर तानिएका हुन् । एक प्रहरीले बताए अनुसार प्रहरी नायब उपरिक्षक पर्सामा कार्यरत रहंदा एक ब्यतिm सँग रकम लेनदेन गरेको प्रमाण सहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि सोही उजुरीको साधारमा वहाँलाई प्रहरी प्रधान कार्यालय तानिएको बुझनमा आएपनि पुष्टि हुन सकेको छैन् । यता प्रहरी प्रधान कार्यलयले तीन जना डिएसपीहरुको काज सरुवा गरेको छ । पर्सामा कार्यरत रहेका डिएसपी दिपक भारतीलाई प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखा काजमा सरुवा गरेको छ भने उनको स्थानमा किशोर लम्साललाई पर्सा जिल्लामा काज गरिएको हो ।