पर्सामा एक जनाको शव फेला परेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थित रहेको देवदरवार होटल नजिकै अन्दाजी ३५ वर्षीय देखिने पुरुषको शव फेला परेको हो । स्थानिय वासिन्दाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलग्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले घटना स्थलमा पुगेर शव नियन्त्रणमा लिई मुचुल्का समेत उठाएको छ । बेवारिशे अवस्थामा फेला परेको पुरुषको शवको अहिले सम्म पहिचान नभएको पर्साका एक प्रहरी अधिकृतले भने, पोष्टमार्डमको लागी बीरगंज नारायणी अस्पतालमा पठाइएको हो । घटना बारे अनुसन्धान थालिएको ती प्रहरी अधिकृतले भन्नु भयो ।