पर्सा प्रहरीले अबैध लागु औषध सहित एक ब्यतिmलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सयुतm प्रहरी टोलीले नेपालमा प्रतिबन्धित रहेको लागु औषध चरेस सहित नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतको बिशेष सुचनाको आधारमा बीरगंज पावर हाउस चोकबाट अन्दाजी १८ किलो चरेस बरामद गरिएको पर्सा प्रहरीको भनाई रहेको छ । मकवानपुरबाट बीरगंजतर्फ आउँदै गरेको यात्रुबसमा सवार भई बीरगंजको पावर हाउस चोकमा झोला बोकेर पैदल हिडीरहेका ब्यतिmलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा अबैध लागु चरेस बरामद भएको हो । चरेस सहित पक्राउ परेका ब्यतिmलाई पर्सा प्रहरीले अनुसन्धान थालिएको हुनाले नाम तथा वतन गोप्य राखेको छ । अनुसन्धानको क्रममा भएको हुनाले अहिले नै नाम भन्न नमिल्ने अनुसन्धानका खटिएका पर्साका एक प्रहरी अधिकृतले भन्नु भयो ।