पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । भन्सार छली गरी अबैध तरिकाले भारतीय कपडा तथा खुदा्र सामान बोकेको ना ३ ख ७९१० नम्बरको मालवाहक ट्रक बीरगंजबाट काठमांडौ तर्फ जाँदै गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साका सई रमेश बजगाईको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको घण्टाघरबाट उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको सामानहरु लोड गरेको बरामद भएपछि मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले भन्नु भयो, बिलबिजक पनि शंकास्पद देखिएको प्रहरीको भनाई रहेको छ । ट्रक तथा कपडा, खुदा्र सहित प्रहरीले ४८ लाख, ५६ हजार , ४ सय ३१ रुपैया मुल्याड्न गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक भारतीले बताउनु भएको छ ।