राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गुहमन्त्री रबि लामिछानेलाई सरकारले राजनितिक प्रतिशोध साध्नका लागी म्याद थप गरीरहेको बिरोधमा रास्वपा पर्सा जिल्लाले शान्तिपुर्ण तरिकाले बीरगंजमा बिरोध प्रर्दशन गरेका छन् । बिरोध प्रर्दशनमा रास्पाका नेता कार्यकताहरुले प्रधानमन्त्री केपी ओली र सभापति रबि लामिछानेको तस्बिर लगाएर हतकडी सहित प्रर्दशन गरेका हुन् । बीरगंज नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै रास्वपाले बर्तमान सरकारले लोततन्त्रको मुल मर्मबिपरीत तानाशाही प्रवृती देखाएको आरोप लगाएका छन् । ज्ञापन पत्रमा संसदिय छानबीन समितीको प्रतिवेदन अनुसार रबि लामिछानेले सहकारीको रकम ठगी तथा हिनामिनामा कुनै संलग्नता नरहेको दाबी गर्दे सरकारले राजनितिक प्रतिशोध साध्नका लागी पटक पटक हिरासतमा म्याद थप गरीरहेको हुनाले अब पुर्ण म्याद थप गर्याै भने हामी अनशनमा बस्न बाध्यता चेतावनी समेत े रास्वपाका नेता तथा कर्याकताहरुले दिएका छन् । बिरोध कार्यक्रममा रास्वपाका पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा निस्कीएको बिरोध रयालीमा नन्दनलाल यादव, महादेव कुर्मी लगायतका उपस्थिती रहेको थियो ।