बिभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बीरगंजको डाइमण्ड पार्टी प्लैसमा जसपा नेपालमा प्रवेश गरेका ब्यतिmहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले फुल माला अबिर लगाई पार्टीमा भित्राएका हुन् । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिती पर्साद्धारा जनता सँग जसपा आधारभुत संगठन निर्माण अभियानको क्रममा पाँच सय भन्दा बढी जसपा नेपाल पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दस्, बालकिशोर यादव, सिंहासन साह कलवार, सुधिर पांण्डे , शशिकपुर मियाँ लगायत नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण युवा नेता रितेश बाबु गुप्ताले गरेका हुन् ।