बारा , पर्सा र रौतहट लगायत मधेश प्रदेश केही जिल्लाहरुमा बिगत केही दिन देखी शितलहरी शुरु भएको छ । शितलहरी र चिसो हावा चल्दा बीरगंजको जनजीवन प्रभावित भएको हो । एक्कासी मौसममा परिवर्तन हुदां बिगत केही दिन देखी बीरगंजमा जाडो बढेको छ । लगातार चिसो हावा तथा शितलहरी पर्दा बुद्ध , बुद्धा तथा वालवालिकाहरु नरा्मो सग प्रभावित भएका छन् । जाडो यामबाट बच्नका लागी बाक्लो लुगा, तातो पानी , तातो खाना खानका लागी बीरगंजका चिकित्सकहरुले सुझाव दिएका हुन् । मौसममा परिवर्तन हुने बितिकै बीरगंजको पसलहरुमा जाडोको कपडा खरीद गर्नेहरुको भिड लागेको मेनरोडमा पसल सञ्चालन गरेको ती ब्यवसायीले भने, दैनिक ज्यालादारी गर्ने मजदुरहरु पनि चिसो हावा र शितलहरी पर्दा दैनिकी जीववयापन गर्नका कठिनाई समेत भएको छ ।