बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले सतासी लाख, एक सठ्ठी हजार , छ सय, सतरी रुपैया बराबरको तस्करीको सामान बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्सा प्रहरीले जनाएको छ । ना ३ ख ६९७१ नम्बरको ट्रकले भन्सार छली गरेर बीरगंजबाट सप्तरी जाँदै गरेको प्रहरीले सुचना पाएपछि सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ सई रमेश बजगाईको कमाण्डमा खटिएको प्रहरी टोली बीरगंजको घण्टाघरबाट उतm मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको औषधी लोड गरेको बरामद भएपछि थप कारवाहीको लागी पथलैया राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्सा प्रहरीको भनाई रहेको छ । प्रहरीले ट्रक सहित बरामद गरिएको औषधीहरुको मुल्याड्कन सतासी लाख, एक सठ्ठी हजार, छ सय सतरी रुपैया गरेको हो ।