शिख धर्मका संस्थापक गुरु नानक देवको ५५५ औं जन्मजयन्ती बीरगंजमा बिशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । गुरु नानक देवको जन्मजयन्तीको अवसरमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले संसार सबैभन्दा ठुलो धर्म भनेको मानवता धर्म नै हो, मानवता धर्म भन्दा कोही धर्म ठुलो नरहेको बताउँदै गुरु नानक देवले दिनुभएको मानवतावादी सन्देश बर्तमान परिस्थितीमा अझै सान्दर्भिक रहेको बताउनु भयो । यस्तो कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउने नगर प्रमुख सिंहको भनाई रहेको छ । कार्यक्रममा कानुन मन्त्री तथा संभासद अजय दुवेद्धी मधेश प्रदेशका सभा सदस्यद्धय लालबाबु राउत गद्दी , श्याम पटेल, बीरगंज महावाणिज्य दुतावासका महावाणिज्य दुत देबी सहाय मीना, नेपाल भारत सहयोग मञ्चका अशोक बैध, पत्रकार चन्द्रकिशोर झा लगायतका उपस्थिती रहेको थियो । शिख समुदायकी अगुवा रौमी कौरको संजोजकत्वमा कार्यक्रम सपन्न भएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल पुर्णिमाका दिन बीरगंजमा रहेको गुरुद्धारामा बिभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।