साहस नेपाल फेटा बारा तथा गढीमाई साझेदारी बन ब्यवस्थापन समिती पथलैयाको आयोजनामा एक महिला सहति पच्चीस जनाले रक्तदान गरेको छन् । रक्तदान दिनेहरुमा रबिना साह, सुरेश साह, प्रेम कुमार साह, राम एकबाल साह,अम्बिका ठाकुर हजामm नरेश दास, बैजु पटेल, जगत नारायण महतो लगायतका ब्यतिmहरुले रक्तदान गरेको रक्त संचार केन्द्र बीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमको प्रमुख अतिथी डिभिजन बन कार्यालयका अधिकृत राजिव कुमार झा, गढीमाई साझेदारी बन ब्यवस्थापन समिती पथलैया बाराका अध्यक्ष राम एकबाल साह तेली रहेका थिए भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका संयोजक अभिलाष कुमार गुप्ताको उपस्थिती रहेको थियो ।