शान्ति सुरक्षा कायम गर्नका लागी स्थानिय वासिन्दाहरुको साथ र सहयोगको खाँचो आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक सुभाष भट्टले बताउनु भयो । बीरगंजको आर्दशनर स्थित रहेको टिवडेवाल धर्मशालामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुतm आयोजनामा शान्ति सुरक्षा अपराध निराकरण सेवा प्रभाव कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक भट्टले सर्व साधारण नागरिकलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी प्रशासनको दायीत्व रहेको बताउँदै अपराधमुतm समाज बनाउनका लागी स्थानियहरुको साथ र सहयोग जरुरी रहेको कुरामा जोड दिनुभयो । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सामुदायीक प्रहरी सेवा केन्द्र, कुम्हाल टोल, मिनाबजार, मुर्ली, छपकैया, वडा अध्यक्ष जगत प्रसाद साह कानु, बैजुलाल स्वणर्कार, जय प्रकाश साह , शिक्षक बृजलाल चौधरी, बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई, मान सेवा आश्रमका देवेश गुप्ता लगायतको उपस्थिती रहेको थियो भने, कार्यक्रमको बिशिष्ट अतिथी श्री राम हस्पिटल तथा नारायणी अस्पतालका डाक्टर प्रिती यादव रहेकी थिईन् । कार्यक्रमको सहजीकरण वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले गर्नुभएको थियो ।