पर्सा जिल्लाको पर्सागढी नगरपालिका हरपुरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना हुदाँ एक महिला सहित ३७ जनाले रक्दान गरेका छन् । रक्तदान दिनेहरुमा रिया कुमारी, कृष्ण महरा, राम अवधेश सहनी, भुनेश्वर प्रसाद यादव, निरन्जन साह तेली, खेमराज महतो, आन्नद पन्जियार लगायतका ब्यतिmहरुले रक्तदान गरेको नेपाल रेडकक्रस सोसाईटी रेशमकोठीका उप शाखाका संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिएका छन् । पर्सागढी नगरपालिकाको ब्यवस्थापन एवम् नासा युवा क्लब पर्सागढी ७ टिकुलियाको संयुतm आयोजनामा रक्दान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी पर्सागढी नगरपािलकाको उप प्रमुख पुजा चौधरी, नेपाल रेडक्रस सोसाईटी बीरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेल , दिनानाथ लगायतको उपस्थिती रहेको थियो ।