बाराको निजगढमा १२ वर्षीय नावालिकालाई बलात्कार गरिएको छ । सामान किनिदिने प्रलोभन दिएर १२ वर्षीय बालिकालाई जंगलमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले भने, जंगलमा बालिका एक्लै रोएको स्थानिय वासिन्दाहरुले आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए , खबर पाउन बितीकै घटनास्थलमा पुगेका प्रहरीले बालिकाको अवस्था हेर्दा नै बलात्कार गरिएको अनुमान गरिसकेका थियौ ,ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब उपरिक्ष्ाँक प्रकाश सापकोटाले बताउनु भयो । बलात्कार गरेको आरोपमा बारा प्रहरीले मकवानपुर बस्ने एक पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । बलात्कृत बालिकालाई स्वास्थ्य जाँचको लागी अस्पताल लगिएको छ भने घटना आईतवार राती भएको प्रहरीले अनुमान गरेको हो ।