शिक्षकको माँग गर्दे बीरगंजका छात्र तथा छात्राहरु टायर बालेर बिरोध प्रर्दशन गरेका छन् । बीरगंज महानगरपालिका नगवा स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा अध्ययनरत गर्ने बिधार्थीहरुले अकाउन्ट बिषयको शिक्षक नभएका कारण पठन पाठन प्रभावित भइरहेको हुदाँ रहर नभएर बाध्यताले बिधालयमा तालाबन्दी गरी टायर बालेर बिरोध प्रर्दशन गरिएको एक छात्रले भने, बिधालयमा एकाउन्ट बिषयको शिक्षकको दरबन्दी भएपनि हाल सम्म बीरगंज महानगरपालिकाले शिक्षक आपुर्ति सहज नगर्दा आंदोलनमा उत्रिएको ति बिधार्थीको भनाई रहेको छ , महानगरपालिकाको शिक्षक महाशाखामा पटक पटक हाम्रो बिधालयमा एकाउन्ट बिषयमा दरबन्दी भएका शिक्षकलाई पठन पाठन गर्नका लागी पठाईदिन आग्रह गर्दा पनि हाल सम्म महानगरपालिकाको शिक्षक महाशाखाले बेवस्था गरेको बिधार्थीहरुले आरोप लगाएका छन् । हामा्रे भविष्य सँग नै खेलवाड गरेपछि हामी सबै जना बिधार्थीहरुले संयुतm रुपमा बिधालयमा तालाबन्दी गरेर टायर बालेर बिरोध प्रर्दशन गरेका हुन् । बिधार्थीहरु आंदोलनमा उत्रिएपछि बीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसियाले मंगलवार देखी सो बिधालयमा अकान्ट बिषयका शिक्षकले नियमित पठनपाठन गराउने आश्वासन दिएपछि बिधार्थीहरुले आंदोलन स्थगित गरेका छन् ।