प्रहरीले बिशेष सुचनाको आधारमा चाईनीज लसुन बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल १३ नम्बरबाट खटिएको संयुतm प्रहरी टोलीले बुधवार बिहान २ बजे पर्साको झौवाबाट अबैध तरिकाले भन्सार छली गरी भारत तर्फ भित्राउने क्रममा १०२ बोरा चाईनीज लसुन नियन्त्रणमा लिइएको हो । बिन्दावासिनी गाउँपालिका वडा नम्बर ३ झौवा कुखुरा फर्ममा भन्सार छली र चोरी निकासी गर्नका लागी लसुन भण्डारण गरेको सुचना पाएपछि संयुतm प्रहरी टोलीले छापामारी गर्दा ४ लाख ८० हजार, ६ सय रुपैयाको लसुन नियन्त्रणमा लिइएको पर्सा प्रहरीको भनाई रहेको छ । हामीलाई जानकारी पाए अनुसार कुखुरा फर्म नामको तस्करी धन्दा संचालन भईरहेको छ । नेपाल र भारत खुल्ला सिमानाकाको फाईदा उठाउंदै तस्करले कुखुरा फर्मको नाम देखाएर चाईनीज लसुन , कपडा, मरिच लगायतको तस्करी संचालनमा ल्याएको हो । पर्सा प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेको लसुन बिन्दावासिनी गाउँपालिका बस्ने तिवारी थर भएको ब्यतिmको रहेको छ । गत वर्ष जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहको बेलामा प्रहरीले झौवाबाट नै तिवारीको लाखौ रुपैया भन्दा बढीको भारतीय कपडा बरामद गरेको थियो । छिमेकी राष्ट्र भारतमा लसुनको दाम आकाश छोएपछि तस्करहरुले चाईनाबाट लसुन नेपाल भित्रायाई भारत तर्फ तस्करी गराईरहेका छन् ।