बिभिन्न मुद्दामा फरार रहेका १३ जना आरोपितहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी बारा जिल्ला अदालतमा पेश गरेको छ । बिभिन्न मुद्दामा बारा जिल्ला अदातलले आठ जना आरोपितहरुलाई दोषी ठहर गर्दे कैद तथा जरिवानाको फैसला गरेपछि फरार भएका थिए ा बारा प्रहरीले बिशेष सुचनाको आधारमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने नानसाईलि भन्ने माया गोले लागु औषध मुद्दामा, सोही स्थान बस्ने अर्जुन थापा लागु औषध, निजगढ नगरपालिका बस्ने ईन्दिरा थापा लागु औषध, निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने खडक राज मैनाली अनादर चेक, निजगढ नगरपालिका वडा नम्बर २ बस्ने सागर रायृ सवारी दुर्घटना, बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बैरिनयाका रुपेश यादव भने अर्जुन यादव डाँक मुद्दामा एक वर्ष कैद , परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनिमाल बस्ने जयप्रकाश यादव कुटपिट , पचरौता नगरपालिका वडा नम्बर ७ बस्ने दिनानाथ सहनी अनादर चेक, सिमा्रेनगढ नगरपालिका वडा नम्बर ७ बस्ने रुपेश कुमार पण्डीत , सिम्रोनगढ बस्ने नैनवा देबी , सुरेश पण्डित तथा कलैया उपमहानगरपालिका वडा नम्बर ४ अदालत रोड बस्ने शिब मंगल अनादर चेकमा रहेका छन् ।