बीरगंजलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने आम जनता पार्टीका केन्द्रिय अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले बताउनु भएको छ । मधेश प्रदेश कमिटीद्धारा भ्रष्टचार बिरुद्ध कार्यक्रम अन्तर्गत पर्साको निचुटामा सम्बोधन गर्दे अध्यक्ष साहले देशको सबैभन्दा बढी राजस्व संकलन हुने बीरगंज नगरक्षेत्रलाई राज्यले आर्थिक राजधानी बनाउनु पर्ने कुरामा जोड दिनुभयो । ८० प्रशितत राजस्व संकलन भएपनि राज्यले यस क्षेत्रमा बिकाश कार्यमा चासो नदिएको अध्यक्ष साहले भने, बर्तमान सरकारको कारण सिमा क्षेत्रका वासिन्दाहरु दुख पाईरहेको बताउंदै अहिलेको सरकार भ्रष्टचारीहरुको संरक्षण गरिरहेको वहाँले आरोप लगाउनु भयो । कर्मचारीहरुले कमिशनको लोभका निजी सम्पती लुट्दै बताउंदै त्यसको हिसा तल देखी माथी सम्मले बाड्दै खाईरहेको हुनाले यसको बिरोधमा कडा आंदोलन गर्नुपर्ने बताउनु भएको छ ।