मकवानपुर प्रहरीले बिदेशी मुद्रा सहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रमुख विश्रम राज खड्काले भन्नु भयो, बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको संयुतm प्रहरी टोलीले काठमांडौबाट हेटौडा तर्फ आउँदै गरेको बा प्र ०३, ००१ ज ०७६५ नम्बरको भाडा चलेको ईभी माईक्रो बसमा सवार भएका ब्यतिmलाई चेकजाँच गर्दा बिदेशी मुद्रा सहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत उतर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाहा, उतर प्रदेश गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुुमार माण्डात रहेका छन् । उनीहरुको साथबाट युएस डलर १०० सयको ३२० थान र युरो १०० को १४० थान बरामद भएको प्रहरी उपरिक्षक खड्काले भने, बिदेशी मुद्राको ओसार पोसार भईरहेको सुचना पाउन बितिकै हामी हामी हाई अल्र्ट भएर बसेका थियौ, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक थपलियाले ईभी माईक्रो बसमा सवार भएका यात्रुहरुको खाततलाशी गर्दे जाँदा शरीरको गोप्य अँगमा लुकाई छिपाई राखेको अवस्थामा ठुलो मात्रामा बिदेशी मुद्रा सहित मोबाईल पनि बरामद भएको हो । बिदेशी मुदा्र उनीहरुको साथमा कसरी आयो भन्ने बिषयमा अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीको भनाई रहेको छ ।