बारा प्रहरीले बिभिन्न स्थानहरुमा चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामान लोड गरेको गाडी तथा ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी प्रमुख महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको म, प्र ०३, ००२ ख ०३१४ नम्बरको मिनि ट्रकमा लोड गरिएको सेम्फु, जिलेट , सरफ लगायत खुद्रा सामान बरामद गरेको छ भने, ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौतर्फ गरेको प्रदेश ०१, ००६, ख ३७४१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा केराउ ५० बोरा, रहर दाल ५० बोरा, भुटेको चना दस टन , प्रहरी चा्रैकी पथलैयाले काँकडभिटाबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६९०५ यात्रु बसबाट काजु ३५ डिब्बा, काँचको थाल २ , कुखुरी ५९ पिस ,सर्लाहीबाट काठमांडौ तर्फ जाँदै गरेको प्र , ०२, ०३, ००१ च् ३३६५ नम्बरको पिकअप गाडीबाट ५६ कार्टुन टायरमा हाल्ने लिकियुड तथा १३४४ पिस रबर बरामद भएको हो । प्रहरीले नियन्त्रणमा लिइएको सामानहरुको बिलबिजक नरहेको बारा प्रहरीको भनाई रहेको छ । प्रहरीले नियन्त्रणमा लिइएको सामानहरुको मुल्याड्न ६३ लाख ६७ हजार गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको हो ।