बिभिन्न मुद्दामा फरार रहेका चार जना फरार आरोपित बारा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी अदालतमा पेश गरेको छ । बारा जिल्ला अदालतले बिभिन्न मुद्दामा चारजनालाई दोषी ठहर गरेपछि उनीहरु फरार भएका थिए । बिशेष सुचनाको आधारमा बारा प्रहरीले उनीहरुलाई घर छेउछाउबाट लुकिछिपी बसीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको बिश्रापुर गाउँपालिका १ बस्ने नुरुल्लाह ठकुराई , सोही स्थान बस्ने पशुराम कुशवाहा , बाजुलहक हंसारी तथा महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुर बस्ने पुष्कर कामर चौधरी रहेका छन् ।