पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा बिलबिजक भन्दा बढीको सामानहरु लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले बताउनु भयो । ना ४ ख २१६० नम्बरको ट्रकमा बिलबिजक भन्दा बढीको औषधी तथा खुद्रा सामानहरु लोड गरेर बीरगंजबाट चितवन तर्फ जाँदै गरेको सुचना पाए पछि जिल्ला प्रहरी कार्यालय पर्साबाट वरिष्ठ सई रमेश बजगाईको कमाण्डमा खटिएको प्रहरी टोली बीरगंजको घण्टाघरबाट उतm ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको सामाग्री लोड गरेको बरामद भएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बताउनु भएको छ । प्रहरीले मालवाहक ट्रकबाट बरामद गरेको औषधी तथा खुद्रा सामानहरुको ६८ लाख , ९१ ह्जार ४ सय ४९ रुपैया मुल्याड्न गरी पठाएको हो ।