अबैध सुन सहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरि थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले भन्नु भयो, हामीलाई सुनको ओसार पोसार भईरहेको सुचना पाएको थियौ , सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ८ लिंक रोड नजिकै ना ६२ प २७०५ नम्बरको मोटरसाईकलमा सवार भएको युवकलाई नियन्त्रणमा लिई उनको शरीर खानतालशी गर्दा जिन्स पाईन्टको दाँहिनेपटी खल्तीमा कागजले बेरिएको अवस्थामा १०७ ग्राम ८९ मिली ग्राम सुन सहित बीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाही बस्ने राजेश्वर प्रसाद सोनारको छोरा २८ वर्षिय जय प्रकाश कुमार सोनार पक्राउ परेका हुन् । प्रहरीले सोनारलाई नियन्त्रणमा लिदाँ सुनको कुनै खरीद तथा बिक्री गर्ने कागजपत्र नरहेको हुनाले उतm सुन तस्करी सञ्चालनमा आएको उतm पर्साका एक प्रहरी अधिकृतले भनेका छन् । पक्राउ परेका सोनार सुन तस्करीमा संकलन रहेको ब्यतिm हुने सक्ने प्रहरीले आशंका गर्दे अनुसन्धान थालिएको छ । पर्सा प्रहरीले बरामद गरेको सुन , मोटरसाईकल र सरार्फलाई बीरगंज भन्सार कार्यालयमा पठाइएको हो ।