बिलबिजक भन्दा बढीको सामान लोड गरेको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्साका प्हरी नायब उपरिक्षक एवम् प्रवतm किशोर लम्साले बताउनु भयो । बिशेष सुचनाको आधारमा बीरगंजबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु २ ख ५४६० नम्बरको मालवाहक ट्रक बीरगंजको घण्टाघरबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको औषधी तथा खुद्रा सामान लोड गरेको बरामद भएपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो । औषधी बोकेको ट्रक सहितको पर्सा प्रहरीले ५७ लाख, ७७ हजार, ८ सय ३ रुपैया मुल्याडकन गरी राजस्व अनुसन्धान कार्यलय पथलैया बारामा पठाइएको हो ।