बारा प्रहरीले अबैध लागु औषध गाँजा सहित एक महिला सहित पुरुषलाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित रहेको दिनदयाल चौधरीको घरमा छापामारी गर्दा नेपालमा प्रतिबन्धित रहेको १७० किलो लागु औषध गाँजा बरामद भएको प्रहरी उपरिक्षक खड्काले भन्नु भयो, प्रहरी चौधरीको घरको खानतलाशी गर्दा चौधरीले प्रहरीको काममा केही बेर अवरोध सिर्जना गरेपनि लुकाई छिपाई राखेको अवस्थामा २१ पोकाले बेरिएर राखेको १७० किलो गाँजा बरामद भएको हो । प्रहरीले गाँजा बरामद गरेपछि बारा कोल्हबी नगरपालिका सोनाभार टोल बस्ने ५० वर्षीय रमोद चौधरी र दिनदयाल चौधरीको श्रीमती ५२ वर्षीय देबी चौधरी पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई अनुसन्धान थालिएको बारा प्रहरीको भनाई रहेको छ ।