बारा प्रहरीले कलैया स्थित रहेको रामराजा मोहन बिक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्या गर्ने मुख्य योजनकार सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रमुख महेन्द्र सिंह खड्काले पत्रकार सम्मेलनको आयोजना गरी हरिभुषण कुशवाहाको हत्याका मुख्य अभियुतm सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो । प्रहरी उपरिक्षक खड्काले बताए अनुसार रामराज मोहन बिक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषणको हत्या गर्ने नेपाली सेनाका भगौडा सुरेन्द्र कुशवाहालाई बिशेष सुचनाको आधारमा मोरड जिल्लाको बिराटनगरबाट पक्राउ गरिएको भन्नु भयो, तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्या गरेर फरार रहेका सुरेन्द्र कहिले भारत तथा नेपालको बिभिन्न जिल्लाहरुमा लुकेर बस्दै आएका थिए । सुरेन्द्र मोरड जिल्लाको बिराटनगरमा बस्दै आएका सुचना पाएपछि वरिष्ठ सई बिनोद काफलेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बिराटनगरका प्रहरी सँग सहकार्य गरेर पक्राउ गरिएको जानकारी दिनु भएको छ । पक्राउ परेका कुशवाहा बिराटनगरको गाउँमा खेतीपाती गर्दे आइरहेका थिए । २०८१ साल जेठ महिनाको ३२ गते बारा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया भन्ने स्थानमा साँझ गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेका सुरेन्द्र लगायत १७ जनालाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा दर्ता गरेपनि ८ जनामात्र पुर्पक्षको लागी कारागार चलान भएका छन भने ८ जना अन्य आरोपतिहरु बारा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । क्याम्पस प्रमुखको हत्या भएपछि तत्कालीन बाराका प्रहरी उपरिक्षक सुरेश काफले लगायत टोलीहरुले अनुसन्धान गर्दे जाँदा हत्याका मुख्य योजनकार सुरेन्द्र कुशवाहा रहेको जानकारी भएपनि कुशवाहा फरार भएका थिए । प्रहरीले हत्याका प्रयोग भएको पेस्तोल दुई थान, गोली सात राउण्ड, मोटरसाईकल एक थान, मोबाईल चार थान, ल्यापटप दुई थान , नेपाली टेलीकम तथा एनसेलको सिमकार्ड सात थान बरामद गरेको थियो । मृत्क हरिभुषण कुशवाहा र सुरेन्द्र कुशवाहामा आपसी बिवाद हुदाँ हत्या भएको हो ।