बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका दशजना अभियुतmहरुलाई नियन्त्रणमा लिईएको छ । बारा जिल्ला अदालतले बिभिन्न मुद्दामा पक्राउ परेका दशजनालाई दोषी तथा जरिवानाको फैसला गरेपछि उनीहरु फरार भएका थिए । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी ईकाइहरुबाट खटिएको संयुतm प्रहरी टोलीले घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा दशजना फरार आरोपितहरुलाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १८ बस्ने लालबाबु महतो , फेटा गाउँपालिका वडा नम्बर ४ बस्ने मुखिया, निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने अमृत लामा , सिमा्रेनगढ नगरपालिका वडा नम्बर ११ बस्ने सन्तोष साह तेली, सोही स्थान बस्ने वकिल प्रसाद यादव, करैयामाई गाउँपालिका वडा नम्बर ८ बस्ने नागेन्द्र पण्डित, महागढीमाई नगरपालिका वडा नम्बर २ बस्ने शोषनाथ प्रसाद तेली, निजगढी नगरपालिका वडा नम्बर ४ बस्ने रामायण चौधरी, निजगढ वडा नम्बर १ बस्ने जनक बहादुर स्याडतान र सोही स्थान बस्ने प्रेम बहादुर स्याडतान रहेका छन् । पक्राउ परेका दशजनालाई शुक्रवार अदातलमा पेश परिने बारा प्रहरीको भनाई रहेको छ ।