पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको बसपार्क एरियामा यात्रुहरुलाई दुख हैरानी दिने तथा यातायात कार्यालय बीरगंजमा सेवागा्रहीहरुलाई काम छिटो छरितो गराईदिने भन्दै रकम लिने १८ जना बिचौलयाहरुलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार लम्साले जानकारी दिनु भएको छ । बसपार्क एरिया र यतायात कार्यालयमा सेवागा्रहीहरुलाई दुख दिने गरेको प्रहरीमा गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १८ जना बिचौलियाहरुलाई नियन्त्रणमा लिइएको बताउनु भयो । पक्राउ पर्नेहरुमा बिन्दावासिनी गाउँपालिका वडा नम्बर १ बस्ने २१ व्र्षिय संजिब गुप्ता, बीरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने ५१ व्र्षिय बिजय साह, रानीघाट बस्ने १८ वर्षिय बजरंगी महतो, सोही स्थान बस्ने २२ वर्षिय राहुल महतो, ३८ वर्षिय बिजय साह, २८ वर्षिय फिरोज खान, मोहीहारी बकरौता बस्ने २५ वर्षिय जटाशंकर कुमार, रौतहट माधवनारायण नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षिय नरेश साह, गोरखा नगरपालिका वडा नम्बर ९ बस्ने २६ वर्षिय सुशानत कुँवर , बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षिय प्रभु पटेल, बीरगंज वडा नम्बर १५ बस्ने ३१ व्र्षिय सन्देश सिंह, वडा नम्बर १६ बस्ने २० वर्षिय बिकाश पटेल, वडा नम्बर ११ बस्ने ३१ व्र्षिय जय पुजन ठाकुर , सोही स्थान बस्ने २३ वर्षिय मनिष महतो , २२ वर्षिय चन्दन कुमार चौरसिया, ३५ वर्षिय सन्तोष महतो , बीरगंज १४ बस्ने २३ वर्षिय ईद मियाँ धोबी र बीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षिय सुरज भगत माली रहेका छन् । पक्राउ परेका १८ जनालाई सार्वजनिक अपराध मुद्दामा अनुसन्धान भईरहेको छ ।