क्षयरोग सक्रिया खोज पडताल क्षयारोग अन्त्यको आधार नाराको साथ बीरगंजमा ७१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाईको छ । क्षयरोग दिवसको अवसरमा बीरगंज महानगरपालिका वडा नम्बर ७ गहवा स्थित रहेको माईस्थान बाल बिधा मन्दिर ईन्दु लाखे आधारभुत बिधालयमा अध्ययनरत गर्ने छात्र तथा छात्राहरुलाई क्षयरोग नियन्त्रण तथा रोकथाम कसरी गर्ने सकिने बारेमा चर्चा गर्दे कार्यक्रम गरी जनाइएको थियो । नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब मेट्रोसिटीका अध्यक्ष अशोक बेरिवाल, सुदेश लाखे, नरोत्तम पाण्डे लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण उमेशकुमार गुप्ताले गरेका थिए । कार्यक्रम नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाको आयोजनामा सम्पन्न भएको हो ।