मानव सेवा आश्रममा बस्ने २० जना आमाबुवाहरुको नि शुल्क स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर २५ स्थित रहेको मानवसेवा आश्रमको परिसरमा डाक्टर भरत गोईतले नि शुल्क स्वास्थ्य चेकअप जाँच गर्नुभएको आश्रमका पर्सा जिल्ला संयोजक मुना पलामी मगरले बताउनु भयो । हरेक महिना डाक्टर गोईतले नि शुल्क स्वास्थय चेकअप गर्नुको साथै मेडिकल रिप्रेजेटेटिव मनोज साहल नि शुल्क औषधी उपलब्ध गराउदै आएको आश्रमको संयोजक मगरले भन्नु भयो, कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष देवेश मानवसेवा,मानवसेवा आश्रमका अभिभावक तथा अभियानता प्रकाश थारु एवं मानवसेवा आश्रमका सदस्यहरुको उपस्थिति रहेको थियो।