नापतौल तथा गुणस्तर विभागको बीरगञ्ज कार्यालयबाट खटिएका कर्मचारीहरुद्वारा जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परिक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिवीरको आयोजना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।
मंगलवारदेखि तीन दिनसम्मका लागि जीतपुरसिमरा उद्योग वाणिज्य संघको कार्यालय जीतपुरमा शिवीर सञ्चालन गरिएको गुप्ताले बताउनुभयो । उपाध्यक्ष गुप्ताले बताए बुधबार र विहिबार सिमरास्थित आन्तरिक राजश्व कार्यालय संगै रहेको उद्योग वाणिज्य संघको सेवाकेन्द्रमा शिवीर सञ्चालन हुनेछ । शुक्रबार जीतपुरसिमरा १५ डुमरवानास्थित वडा कार्यालय र शनिवार जीतपुरसिमरा २१ अमलेखगञ्जस्थित वडा कार्यालयमा नापतौल सामग्री जाँचका लागि घुम्ति शिवीर सञ्चालन हुनेछ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुर, सिमरा, डुमरवाना र अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरुलाई शिवीरमा सहभागि भई नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गर्नुभयो ।