जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले भन्नु भयो, बिराटनगरबाट रुपन्देही तर्फ जाँदै गरेको प्र , ०१ , ०४, ००१ ख ००६८ नम्बरको मालवाहक ट्रकमा बिलबिजक भन्दा बढीको सामग्रीहरु लोड गरेको सुचना पाएपछि प्रहरी चौकी पथलैया बाराका वरिष्ठ सई रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीले उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको मोटरपार्ट, कपडाद्रा समान लोड गरेको तथा कागज पत्र नभएको भेटिएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक सहित लोड गरिएको सामग्रीको मुल्याडकन ६५ लाख , ६० हजार २ सय ९० रुपैया गरेको हो ।