बारा प्रहरीले चारजना फरार अभियुतmलाई पक्राउ गरेको छ । पक्राउ पर्नैहरुमा महागढीमाईनगरपालिका वडा नम्बर २ बस्ने भुपेन्द्र यादव, निजगढ नगरपालिका वडा नम्बर १ नमुना बस्ती बस्ने चन्द्र बहादुर बिक, निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने सन्तोष प्रसाद र निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने सुकुमार गुरो रहेका छन् । बारा जिल्ला अदालतले बिभिन्न मुद्दामा फरार रहेका अभियुतmहरुलाई दोषी ठहर गर्दे कैद जरिवानाको फैसला गरेपछि उनीहरु फरार भएका थिए । बिशेष सुचनाको आधारमा प्रहरीले फरार रहेका चारजनालाई घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीको भनाई रहेको छ । पक्राउ परेका चारजनालाई थप कारवाहीको लागी बारा जिल्ला अदालतमा सोमवार पेश गरिने बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भयो ।