३७ औं बिश्व एड्स दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा बीरगंज शाखाले कम्बल , शैक्षिक सामग्री तथा स्कुल बैग बितरण गरेको छ । बीरगंज महानगरपालिका छककैया स्थित रहेको नयाँ जीवन बिकास सेवा समाज एवम् बारा प्लसको संयुतm आयोजनामा ५३ जना एड्स संक्रमण भएका बालवालिकाहरुलाई शैक्षिक सामग्री, कम्बल तथा स्कुलको बैग बितरण गरिएको रेडक्रस सोसाइटी बीरगंज कार्यालयका प्रमुख बिर समसेर कुर्मीले जानकारी दिनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका उपकोसाध्यक्ष दयाशकर सिंह ,नेपाल रेडक्रस रेशमकोठीका संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिति रहेको थियो भने नयाँ जीवन बिकास सेवा समाजका सन्योजक जवाहर महरा ,निता फाउन्डेसनका दिलिप कुमार खडका,जन स्वास्थ बिरगंजका सुनिल कुमार कुर्मी,जिल्ला स्वास्थ कार्यालय पर्साका बिजय कुमार साह, ए। एच।एफ।की रोशनि सराफ लगएतहरुको पनि उपस्थिति रहेको थियो।