पञ्चवर्षीय मेला लाग्ने गढीमाईको दर्शन गर्नका लागी उपराष्ट्रपति रामसाह यादव सोमवार बरियापुर आउने कार्यक्रम रहेको छ । उपराष्ट्रपति यादवले महागढीमाईको दर्शन तथा पुजाआर्चना गर्ने कार्यक्रम रहेको स्थानिय प्रहरीले बताए । उपराष्ट्रपति यादवले गढीमाई पुजाआर्चना गरेपछि मेलाको ब्यवस्थापन बारेमा जानकारी लिने बुझनमा आएको छ । उपराष्ट्रपति यादवको बारा गृह जिल्ला हो ।