गृहमन्त्री रमेश लेखकले पञ्चवर्षीय मेला लाग्ने गढीमाई मेलाको दर्शन तथा पुजाआर्चना गर्नु भएको छ । बाराको बरियारपुर स्थित रहेको महागढीमाई मन्दिरको गृहमन्त्री लेखकले अवलोकन तथा निरीक्षण गर्नुभएको हो । मन्त्री लेखकले गढीमाईको मेलाले अन्तराष्ट्रियस्तरमा ठुलो पहिचान दिलाएको भन्दै मन्दिरको संरक्षण तथा मेलालाई थपब्यवस्थित बनाउनका लागी नेपाल सरकार लागी परेको दाबी गर्नुभयो । मेलालाई ब्यवस्थित बनाउनका लागी सुरक्षामा कुनै कमजोरी नहुने बाराका प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताउनु भयो । मंसीर १ गते देखी सुरु भएको मेला ३० गते सम्म चल्ने छ ।