जाडोयाम बढेलग्तै लायन्स क्लब बीरगंज मिलेनियमद्धारा एक हजार पिस कम्बल बितरण गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १८ स्थित रामजानकी मठ भवानीपुरमा लायन्स क्लब बीरगंजले गरीब तथा असहाय घर परिवारहरुलाई एक हजार कम्बल बितरण गरिएको पुर्व चेयरमैन लायन उधोगपति बीरेन्द्र संघाईले बताउनु भयो । शितलहरी तथा चिसो हावाको कारण जाडो याममा गरीबहरु नरामा्रे सँग प्रभावित हुन भएकाले जाडोबाट बच्नका लागी कम्बल बितरण गरिएको भुतपुर्व गवर्नर डी एन अग्रवालले भने, समाजसेवा कार्यमा सक्रिय रहेको लायन्स क्लबले बीरगंजको बिभिन्न स्थानहरुमा समाजसेवा गर्दे आईरहेको संस्था हो । गरीब तथा असहाय घर परिवारका सदस्यहरुलाई बितरण गरिएको एक हजार कम्बलको मुल्य रु एक लाख पर्ने गएको राधेश्याम खेतानले बताउनु भयो । कम्बल बितरण कार्यक्रममा बिभिन्न समाजसेवामा आवद्ध रहेका प्रतिनिधी, स्थानिय नेता लगायत पत्रकारहरुका्े उपस्थिती रहेको थियो ।