बारा जिल्ला अदालतले चेक अनादर मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिंदालाल साह पक्राउ पुर्जी जारी गरेको छ । वडा अध्यक्ष साह बिरुद्ध वडा नम्बर ११ का वासिन्दा चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादर मुद्दामा अदालतल मंसीर १४ गते वडा अध्यक्ष साहलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । अदालतले मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश गरेको हो । निर्वाेचित साह नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाट चुनाव लडेका थिए ा