पर्सा प्रहरीले दुई करोड भन्दा बढीको भन्सार छली गरेर ल्याएको आंशकामा दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले भन्नु भयो, बीरगंजबाट काठमांडौ तथा बिराटनगर तर्फ जाँदै गरेको ना ४ ख ९८५१ र प्रदेश २, ०३, ००१ ख ६५५७ नम्बर ट्रकमा भन्सार छली गरेको सामग्रीहरु लोड गरेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित रहेको प्रतिमा चोक नजिकै दुईवटा ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको हार्डवेयर तथा औषधीहरु लोड गरेको सामान बरामद भएपछि उतm ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक लम्सालले बताउनु भएको छ । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक सहित सामग्रीको मुल्याड्कन २ करोड , ९ लाख, ६ हजार , ८ सय ४२ रुपैया गरेर राजस्व अनुसन्धान पथलैयामा पठाइएको हो ।