लागु औषध सेवन गर्ने ब्यतिmलाई बिभिन्न प्रकारको रोगहरु लाग्ने भएकाले लागु औषध सेवन गर्नु भनेको भविष्य नै अंधकारमा पार्नु हो वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले बताउनु भयो ा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल र वडा प्रहरी कार्यालय बिर्ताद्धारा लागु औषध दुब्र्यशनी तथा ओसार पोसार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे प्रहरी निरीक्षक चौलागाईले लागु औषध दुब्र्यशनी कुलतमा परेपछि शारीरिक तथा मानसिक असर हुन्छ नै बिभिन्न प्रकारको रोगहरु निम्त्याउने समाजिक मानमर्यादा हनन हुने बिषयमा प्रशिक्षण दिएका हुन् । कार्यक्रममा मुनलाईट स्कुलका डाइरेक्टर श्याम केसी, बीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहल सञ्चारकर्मी अभिलाष गुप्ता , कंचनाजड्गा स्कुलका डाईरेक्टर मार्टिन मोक्तान लगायतको उपस्थिती रहेको थियो । बीरगंजको कुम्हालटोल स्थित रहेको मुनलाईट स्कुलमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटोलकी साबित्री भुमिहारले गर्नुभएको थियो ।