नेवार समुदायमा जन्मेकी २५ जना छोरीहरुको बीरगंजको माईस्थान मन्दिरको परिसरमा सामुहिक बेल बिवाह सम्पन्न भएको छ । ईहि समितीको आयोजनामा सामुहिक ईहि बेलबिवाह कार्यक्रम सम्पन्न भएको हो ईहि समितीका महासचिव सुनिल जोशीले बताए अनुसार बिकम सम्बत २०४० सालमा समितीको स्थापना भएको हो स्थापनाकला देखी नै नेवार कुलमा जन्मेकी छोरीहरुको सामुहिक बेल बिवाह गराउंदै आईरहेका छौ , आउने दिनहरुमा यसलाई निरन्तरा दिने प्रयास गर्ने छौ बेलबिवाह ४० औं पटक सम्पन्न भएको छ महासचिव जोशीले भन्नु भयो, ग नेवार कुलमा जन्मेकी छोरीले पहिलो विवाह महिनावारी अघि बेल लाई भगवान विष्णुको प्रतीक मानेर बिवाह गरिन्छ।
सूर्य पूजा र दर्शन मात्रै हुने र कन्यादान नगर्ने भएकाले सूर्यदर्शन विवाह होइन भन्ने धारणा छ । सुवर्ण कुमारसँग विवाह गरिसकेपछि रजस्वला हुनुअघि नै यो बेल बिबाह गरिन्छ।बेल बिवाह भनेको यसको मतलब विवाह हो। नेवार समाजमा यो बढी महत्त्वपूर्ण छ। यो एक प्रकारको विवाह हो। नेवार बाहेक नेपालका अन्य समाजमा यस्तो छैन ।
अर्का समाजसेवी श्रवणबहादुर रायमाझीका अनुसार नेवार कुलमा जन्मेकी छोरीहरु लाई संस्कारीरुपमा संस्कार दिने काम गरिन्छ नेवार सामुदायका ब्यक्तीहरुले मण्डप राखेर बिहे गर्नु पर्दैन भने हाम्रो लक्ष्य भनेको नेवार सामुदायका ब्यक्तीहरु
छरिएर अलगिएका छन उनिहरु लाई एक ठाउमा ल्याउने कार्य
गर्दै छौ।
ईहि समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा एवम् महासचीव सुनिल जोशी,
सचीव सुन्दर श्रेष्ठ,कोषाध्यक्ष आन्नतलाल जोशी,समाज सेवि श्रवणबहादुर रायमाझीको उपस्थितिमा बेल बिवाह सम्पन्न भएको हो।