सशस्त्र प्रहरीले बीरगंज नगर क्षेत्र एरियाबाट भन्सार छली अबैध तरिकाले भारतबाट नेपालतर्फ ल्याउदै गरेका सामग्रीहरु नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालयमा पठाइएको छ । सिमा सुरक्षा गुल्म भन्सारबाट सप्रसनि कुलदिप पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बीरगंज भन्सार मेनगेटबाट भारतीय कपडा, कस्मेटिक , मोटरपार्टस, जुता चप्पल लगायत तस्करीको सामानहरु नियन्त्रणमा लिइएको हो । भन्सार गेटमा खटिएका सशस्त्र प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा १२ लाख, ८७ हजार , ३ सय ५५ रुपैया बराबरको तस्करीको सामग्री बरामद गरेको हो ।