बीरगंज रानीघाटस्थित रहेको श्रीराम जानकी मठ मन्दिरको जग्गा सम्बन्धि उच्च अदालत जनकपुर अस्थायी इजलासले परमादेश जारी गरेको छ । भु माफियाहरुले श्रीराम जानकी मठ मन्दिरको ७ कटा , १५ धुर जग्गा ब्यतिmगतको हडप्ने प्रयास गरेपछि बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने ३९ वर्षीय रंजन सिंह र सोही वाड बस्ने ४५ वर्षीय बिकाश कुमार कानुले उच्च अदालत जनकपुर अस्थायी इजलाशमा रिट हालेका थिए ा सिंह र कानुले दिएको रिटको सुनवाई गर्दे खोजेपछि न्यायधिशद्धय राजनप्रसाद भटराई र ऋषिराम निरौलाको संयुतm ईजलाशले अनुसन्धान तिब्र बनाइ फैसला गर्नका लागी जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला सरकारी वकिल कार्यालय पर्साको नाउँमा परमादेश जारी गरेको हो । भु माफियाहरुले किर्ते जलसाजी गरी श्रीराम जानकी मठ मन्दिरको जग्गा हड्प्ने प्रयास गरेपनि अदालतको परमादेशले जग्गाका बिचौलियाहरु बिफल हुने देखिएको छ ।