जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान एक प्रहरीको हत्या भएको छ । सिमरा बिमानस्थलमा कार्यरत रहेका प्रहरी जवान राजकुमार रुम्बा बाराको आमाडार रमौली नजिकै बागमती प्रदेश ०१, ०२८ च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा उनको शव फेला परेको थियो । बिहान स्थानिय वासिन्दाहरु कार भित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दे जाँदा मृत्क प्रहरी नै रहेको खुलेको छ । मृत्क राजकुमार रुम्बालाई अज्ञात ब्यतिmले धारिले हथियार प्रयोग गरेर हत्या गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले भने, घटनाबारे अनुसनधान भईरहेको ती प्रहरी अधिकृतले बताए । सिमरा बिमानस्थलमा कार्यरत रहेका प्रहरी रुम्बा कसको कारमा को सँग रातीको बखतमा सवार भएर गएको अनुसन्धान जारी रहेको हुनाले अहिले नै केही भन्न नमिल्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाराको क्राईम बान्च्रका प्रहरी तथा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुतm प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।