जाडोबाट बच्नका लागी लायन्स क्लब अफ बीरगंज, संस्कृति गोल्ड तथा लियो अल्फा क्लब अफ बीरगंजको संयुतm आयोजनामा बहुदरमाई गाउँपालिकामा कम्बल , टोपी र मोजा थान बितरण बितरण गरिएको छ । बहुदरमाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुन्नीलाल साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लबका प्रदिप अग्रवाल, ओम मितल, शुशील साह , उमेश गुप्ता, पवन मिलत, नवल मंगर पियुष दारुका , सोनी अग्रवाल, रीना जैसवाल लगायतको उपस्थिती रहेको थियो । पर्सामा जाडो याममा बढेपछि गरीब तथा असहाय ब्यतिmहरु जाडोबाट बञ्चित नहोस उदेश्यका साथ मोजा र कम्बल बितरण गरिएको लायन्स क्लबका आजिवन सदस्य राधेश्याम खेतानले बताउनु भयो । लायन्स क्लबका अध्यक्ष अशोक बेरीवाल, रितीका जैसवाल, रौनक जैसवालको उपस्थिती रहेको थियो । यसैगरी पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ गर्दाेलमा नि शुल्क आँखा तथा स्वास्थय शिविरको आयोजना सम्पन्न भएको छ । लायन्स क्लब बीरगंज, बीरगंज सेंट्र्ल र बीरगंज ब्युरेटिवको संयुतm आयोजनामा सम्पन्न भएको निशुल्क आँखा शिवीरमा ५ सय १७ जनाको परिक्षण गरिएको थियो भने ३१० जनालाई मोतिया बिन्दु रोग फेला परेको चिकित्सक राधा भटराईले जानकारी दिनुभयो । ३१० जनामध्ये ९२ जना बिरामीहरुको निशुल्क लेंस सहित शल्यक्रिया माट्र्किा आई फाउन्डेसन हुने आँखा चिकित्सक किर्ति अग्रवाल बताईन् । कार्यक्रमका प्रमुख अतिथी डाक्टर आर पी खेतान, सेन्ट्रलकी अध्यक्ष रेखा वैघ, क्युरेटिवका अध्यक्ष डाक्टर बिरेन्द्र प्रधान लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा सुनीता अग्रवालद्धारा २८ महिलालाई मेहंदी लगाईएको थियो भने महिलालाई १५ दिने नि शुल्क मेहंदी प्रशिक्षण दिने भएकी छिन् ।