बीरगंजको कुम्हालटोल सुधार समाजले नि शुल्क भोजन शिविरको आयोजना गरेको छ । प्रत्येक महिनाको शनिवार बीरगंज रेल्वेरोड स्थित रहेको पन्चमुखी हनुमान मन्दिर अगाडी नि शुल्क भोजन कार्यक्रम सम्पन्न भएको कुम्हालटोल सुधार समितीका अध्यक्ष नन्दलाल राउत अहिरले बताउनु भयो । महिनाको प्रत्येक शनिवार नि शुल्क भोजन कार्यक्रम गर्दा गरीब , असहाय परिवारका सदस्यहरुले लाभ लिने गरेको बताउंदै आउने दिनहरुमा प्रत्येक दिन नि शुल्क भोजन शिविर आयोजना गरिने हाम्रो लक्ष्य रहेको समितकिा सहसचिव रितेश गुप्ताले भने, कार्यक्रममा कुम्हालटोल समितीका उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सामुदायीक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , सल्लाहकार गौरी गुप्ता, सुरेन्द्र मिश्र, बिजय अग्रवाल लगायतको उपस्थिती रहेको थियो । निशुल्क भोजन शिविर सेवामा १ बोरा चामलको भात ,दाल ,आलु कोभी, मटरको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियो भने यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वादिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन
शिविर कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिर बताए ।