बीरगंजको बसपार्क स्थित रहेको कलश होटलमा एक पुरुषको शव फेला परेको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । बीरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने ६५ वर्षीय संतसाह तुराहाको शव कलशमा होटलमा फेला परेको हो । प्रहरी नायब उपरिक्षक लम्सालले बताए अनुसार तुराहा सुतैकै अवस्थामा मृत फेला परेको बताउंदै उनको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको बताउनु भयो । तुराहाको शव पोष्टमार्डमको लागी नारायाणी अस्पतालमा पठाइएको छ भने पोष्टमार्डमको रिर्पाेट आएपछि मात्र केही भन्न सकिने प्रहरी नायब उपरिक्षक लम्सालले बताउनु भयो । घटनाबारे अनुसन्धान भईरहेको छ ।