बिरगंज आदर्शनगर स्थित श्री अदर्श माध्यमिक बिधालयमा लायन्स क्लब अफ बीरगंज सेन्ट्रल द्वारा ख्रीष्टमस उत्सव कार्यक्रम सम्पन्न भएको छ। ख्रीष्टमस पर्वको अवसरमा बिरगंज महानगरपालिका वडा नम्बर १० को श्री अदर्श माध्यमिक बिधालयको हलमा भएको कार्यक्रममा पि।जि। कक्षाको स(सानो बालबालिकाहरुलाई विभिन्न किसिमका गेम खेलाई स्टेशनरीका समानहरु,ख्रीष्टमसका टोपिहरु,चक्लेट दिई एवम् सम्मान गरि केक काटेर नाचगान गरि ख्रीष्टमसको उत्सव मनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब अफ बीरगंज सेन्ट्रल की अध्यक्ष रेखा वैदको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिमा सीता अग्रवाल,आषा अग्रबाल,मिरा खेतान लायन्स क्लब अफ बीरगंज सेन्ट्रलका सदस्य कबिता हलालका,राजु जैन, राम बिनय पाण्डे तथा श्री अदर्श माध्यमिक बिधालय पी।जि। ग्रुपका प्रीन्सिपल मौसम भंगर लगायतको उपस्थितिमा रहेको थियो ।